बिरजंग स्मृति भलिबलका लागि गण्डकीकाे टोली घोषणा, घनश्याम टोलीमा फर्किए
पाेखरा | असोज १७, २०८०
पोखरा: काठमाडौमा भोलिदेखि असोज २१ गतेसम्म सञ्चालन हुने बिरजंग स्मृति खुल्ला पुरुष भलिबल प्रतियोगितामा गण्डकी प्रदेश भलिबल संघले सहभागिता जनाउने भएको छ ।
नेपाल गणतान्त्रिक खेलकुद महासंघले असोज १८ देखि २१ गतेसम्म सञ्चालन गर्ने बिरजंग स्मृति खुल्ला पुरुष भलिबल प्रतियोगिता गण्डकीले खोमप्रसाद पाण्डे हरीको कप्तानीमा १२ सदस्यीय टोली घोषणा गरेको हो ।
गण्डकी प्रदेश पुरुष भलिबलको टोली बाहिर रहेका ओपन स्पाइकर नवलपुरका घनश्याम चौधरीले टोलीमा पूनरागमन गरेका छन् ।
टोलीको कप्तानीमा खोमप्रसाद पाण्डे हरि, घनश्याम चौधरी, सुजन चोखाल, विवश आले मगर, हिमाल सुनारी मगर, रवि केसी, जीवन सुनार, इन्द वि.क, सरोज बर्देवा, सन्तोष रानामगर र टिम लिब्रोमा कुञ्जन शाही ठकुरी रहेका छन् ।
ढोरपाटन स्पोर्टस क्लब काठमाडौको खेलमैदानमा हुने प्रतियोगितामा गण्डकी प्रदेशसँगै दुई विभागीय क्लब नेपाल पुलिस क्लब, एपिएफ क्लब, नेपाल गणातान्त्रिक खेलकुद महासंघ, किङ्स क्लब काठमाडौं, न्युटन चिल्ड्रेन एकेडेमी, गलकोट स्पोर्टस क्लब र त्रिभुवन विश्वविद्यालयले सहभागिता जनाएका छन् ।
प्रतियोगिताको विजेताले ५ लाख रुपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । दोस्रो हुनेले २ लाख ५० हजार, तेस्रोले १ लाख र चौथो हुनेले ५० हजार रुपैयाँ प्राप्त गर्नेछ ।
सर्वोत्कृष्ट खेलाडीले २० हजार रुपैयाँ प्रदान गरिने आयोजकले जनाएको छ । व्यक्तिगत विधातर्फ स्पाइकर, ब्लकर, सेटर, सर्भर, डिफेन्डर र क्विकरले समान ५ हजार रुपैयाँ प्रदान गरिनेछ ।
पोखरा । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) सुरु भएको छ । डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...
पोखरा — स्वर्गीय दीपक गुरुङको स्मृतिमा पोखरा रंगशाला परिसरमा वृक्षारोपण गरिएको छ । कोने घोथाने घोण्डे तमु समाज यूकेका अध्यक्ष कुमार गुरुङ र प्रथम महिला मीना गुरुङको पहलमा आयोजित का...
पाल्पा । बगनासकाली गाउँपालिका–६, दान्सिँघामा गाउँस्तरीय पुरुष तथा खुला महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । स्थानीयस्तरमा सक्रिय जनज्योति युवा क्लबले बडा दशैंको ...

